कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १८, २०८२
|
|
२१ पटक हेरिएको
Shares
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन

सारांश

  •   लामो समयदेखि दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै उनीहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ।
  • बुधबार सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन्।
  • केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायत संस्थाहरूले किसानको अर्बौं बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलनमा उत्रेका थिए ।

१७ भदौ, काठमाडौं । 

लामो समयदेखि दुग्ध उत्पादक किसानहरूले उठाउँदै आएको बक्यौता भुक्तानीको माग सम्बोधन भएसँगै उनीहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ। बुधबार सरकार र आन्दोलनरत दुग्ध संघसंस्थाहरूबीच भएको वार्तामा कात्तिक मसान्तभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन्।

केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायत संस्थाहरूले किसानको अर्बौं बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै आन्दोलनमा उत्रेका थिए । सहमतिअनुसार २०८२ असार मसान्तसम्मको बाँकी बक्यौता रकम ५ असोजभित्र भुक्तानी गरिनेछ । त्यसैगरी, साउन महिनासम्मको बक्यौता ३० असोजभित्र चुक्ता गरिनेछ ।

भदौ महिनासम्मको बाँकी रहेको भुक्तानी भने कात्तिक मसान्तभित्र सम्पन्न गर्ने समझदारी भएको छ । थप सहमतिअन्तर्गत दुग्ध उत्पादक सहकारी संघसंस्थाहरूबाट लिइरहेको दूधको परिमाणमा कुनै कटौती नगरी निरन्तर संकलन गरिनेछ । साथै, सरकारले तोकेको किसानको दूधको न्यूनतम खरिद मूल्य देशभरिका सबै उद्योगहरूबाट अनिवार्य रूपमा लागु गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
राष्ट्रिय राजनीतिमा तमासा हेरिरहेका छौँः अध्यक्ष नेपाल
विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित
विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
उपनिर्वाचन अपडेट : ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित