१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
५२ पटक हेरिएको
Shares
१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट

सारांश

  • केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.
  • ०३ अंकले बढेर २७६१.
  • ८६ बिन्दुमा रोकिएको छ ।

१६ भदौ, काठमाडौं ।

केही दिनदेखि घटिरहेको शेयर बजार नेप्से परिसुचक आज सोमबार भने १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको थियो । नेप्से बढी पनि आज शेयर कारोबारमा भने अघिल्लो दिनको तुलनामा गिरावट देखिएको छ । यसअघि आइतबार ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको बजारमा आज सोमबार भने कुल ३२६ स्टकको ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेको छ । फ्लोट इन्डेक्स १.१८ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.४८ अंक बढेको छ । यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता २६७.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । स्ट्यान्र्डड चाटर्ड बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले बढेर प्रतिकित्ता ६५९.९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

सिद्धार्थ बैंक लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.२८ प्रतिशतले बढेर ३८८.७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७.६८ प्रतिशतले घटेर २२१२.०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । विकास हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ४.८८ प्रतिशतले घटेर ५१५.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी पियोर इनर्जी लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर प्रतिकित्ता ८६५.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स, एभरेष्ट बैंक लिमिटेड, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्टक्चर र कुमारी बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा भन्सारसम्बन्धी विधेयक प्रमाणीकरण
मलंगवामा विद्युत कटौतीविरुद्ध युवाहरूको प्रदर्शन
मलंगवामा विद्युत कटौतीविरुद्ध युवाहरूको प्रदर्शन
रास्वपाले बहिष्कार गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक
रास्वपाले बहिष्कार गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
पेट्रोल र डिजलको मूल्य लिटरमा ३ रुपैयाँ घट्यो
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
ओलीबारे माधव नेपालको टिप्पणी- सुध्रिने मान्छे नै होइनन्, मति सुधारे स्यावास भनौँला
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही
सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डः सांसद शाही