Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
३७ पटक हेरिएको
Shares
विद्युत् आयोजनामा सहजकर्ताको भूमिका निर्वाह गर्न वन मन्त्रालयलाई निर्देशन

सारांश

  • प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना  सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।
  • समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो ।
  • समितिकी सभापति कुसुमदेवी थापाले निकुञ्ज तथा संरक्षण क्षेत्रमा पर्ने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेर पनि काम रोकिएको भन्दै सहजीकरणका लागि मन्त्रालयलाई निर्देशन पनि दिइएको बैठकपछि बताइन् ।

१५ भदौ, काठमाडौँ ।

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना  सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा त्यसले औँल्याएका विषयबाट उत्पन्न समस्या समाधानका निम्ति यस्तो निर्देशन दिएको हो ।

समितिकी सभापति कुसुमदेवी थापाले निकुञ्ज तथा संरक्षण क्षेत्रमा पर्ने आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेर पनि काम रोकिएको भन्दै सहजीकरणका लागि मन्त्रालयलाई निर्देशन पनि दिइएको बैठकपछि बताइन् । बैठकमा सांसद वीरेन्द्र महतोले वातावरण संरक्षणका नाममा विकासको काम रोक्न नहुने भन्दै विकास र वातावरणबिचको सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

सांसद सरस्वती सुब्बाले वातावरण संरक्षणका लागि विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति लिने तर वनकै कारण जलविद्युत् आयोजना अगाडि बढ्न बाधा पुग्ने कार्य हुनु उचित नभएको धारणा व्यक्त गरिन् । सांसद मिना तामाङले जलविद्युत् आयोजनालाई सहजीकरण गर्ने नाममा वातावरण विनाश गर्न नहुने बताइन् ।

यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव  राजेन्द्रप्रसाद मिश्रले लगानी र इआइए भइसकेका जलविद्युत् आयोजनाको हकमा कानुनी अड्चन फुकाउन आवश्यक भएको बताए । उनले भने- ‘कुनै आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएर पनि पाँच प्रतिशत निकुञ्ज तथा संरक्षण क्षेत्रका कारण रोकिएको छ । विकास– निर्माणका काममा सहजीकरण गर्न हामी तयार छौँ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
आईटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै सूचना प्रविधि विभाग, यसरी दिनुहोस् आवेदन
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर
यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर
लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने
लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने
अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरपालिकाको आग्रह
अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरपालिकाको आग्रह
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु
एउटै प्लेनमा धनगढी पुगे प्रचण्ड र आरजु