Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
४६ पटक हेरिएको
Shares
कैलालीमा चरेश र हिरोइनसिहत ५ जना पक्राउ

सारांश

  • कैलालीमा प्रहरीले लागुऔषध चरेश र खैरो हिरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
  • लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीका साथै प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।
  • डोटीको शिखर नगरपालिका-८ घर भई  हाल कैलालीको गोदावरी नगरपालिका-१ बस्ने ३५ वर्षीय वीरबहादुर रावलले चलाएको सु.

१४ भदौ, कैलाली ।

कैलालीमा प्रहरीले लागुऔषध चरेश र खैरो हिरोइनसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीका साथै प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले ४ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

डोटीको शिखर नगरपालिका-८ घर भई  हाल कैलालीको गोदावरी नगरपालिका-१ बस्ने ३५ वर्षीय वीरबहादुर रावलले चलाएको सु.प.प्र.०४००१ प ०६६५ नं. को मोटरसाइकल जाँच गर्दा २ ग्राम ७६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन् । यस्तै,  कैलाली चुरे गाउँपालिका- ३ का ३२ वर्षीय मोहन मल्ललाई ५९० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले मोबाइलको खोलभित्र हिरोइन लुकाएका थिए ।

बझाङ बुङ्गल नगरपालिका -८ घर भई धनगढी उप-महानगरपालिका-२  मा जयराम होटल एण्ड लज रेष्टुरेन्ट चलाएका ३२ वर्षीय राम बोहराको होटलमा छापा हान्दा पाँच किलो ६९० ग्राम चरेश फेला परेको थियो । चरेशसहित बोहरालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, धनगढी उप-महानगरपालिका-१२ बस्ने २३ वर्षीय विजय बिकले चलाएको सु.प.प्र.०१०१३ प २३४५ नं. को मोटरसाइकल जाँच गर्दा ७४० मिलिग्राम फेला परेको छ । विजयसहित उनको मोटरसाइकलमा सवारी २२ वर्षीय प्रदीप रानालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक
रविलाई रातारात चितवनबाट पोखरा लगिएकोबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक
आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो
आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो
डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ
डान्सबारबाट ८ महिलासहित ११ जना पक्राउ
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
नेपालको मुद्दाबारे ओली- अख्तियार प्रयोग हुन संस्था होइन
नेपालको मुद्दाबारे ओली- अख्तियार प्रयोग हुन संस्था होइन