डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौं ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप दुर्घटनामा परेर १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको ज्यान गएको हो।
घाइतेमध्ये सुशिला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । करिब ९:१५ बजे जिप करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment