इजरायलबाट फर्केका विपिनकी आमा र बहिनीले भेटे प्रधानमन्त्री
७ भदौ, काठमाडौं ।
हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । इजरायल पुगेर उनीहरूले उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको रिहाइका लागि अपिल गरेका थिए । त्यसबारे उनीहरूले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीले पनि विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो,’ ओलीले भनेका छन्, ‘विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment