१५ चैत्र २०८२, आईतवार

सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली

६ भदौ सर्लाही ।

सर्लाहीको ईश्वरपुुर नगरपालिका वडा न. ४ लाई बाल बिवाहा मुुक्त बनाउन आज बिहान वडा भरि र्याली गरिएको छ । सर्लाहीको हरिपुर नगरपालीका दुुईमा रहेको ग्रामीण नारी उत्थान सङ्घ, र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी सिर्जनसिल महिला कल्व ईश्वरपुुर ३ भक्तीपुुरको आयोजनामा ्र्याली निकालीएको हो । ्र्यालीमा ईश्वरपुुरका नगरप्रमुुख मनोज कुुमार आर्चाय , ईश्वरपुुर ४ का वडा अध्यक्ष प्रेम थिङ निर्वाचीत जन प्रतीनिधी तथा बाल कल्वका प्रतीनिधी , बाल संञ्झाल , महिला समुुह , टोल बिकास सस्था लगाएतको उपस्थितीमा सिन्धुुली कलाघरका कलाकार सहितको टोलीले सास्ंिक्रतीक कलाकर सहीतको टोलीले वडा परिक्रमा मार्फद बाल बिवाहा र यसको कारणले हुुने असरको वारेमा सचेतना फैलाउन सहज हुुने अध्यक्ष सुुलोचाना दाहालले जानकारि दिनुुभयो ।

२० वर्ष भन्दा कम उमेरमा हुने बिवाह तथा जबर्जस्ती रुपमा हुने विवाह अन्त्यका लागि सचेतना फैलाउन ्र्याली गरिएको हो । । ग्रामिण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालीत कार्यक्रम  बाल तथा जवरजस्ती बिबाह रोकथाम ,न्यूनीकरण र अन्त्यका लागि विभिन्न गतिविधि संञ्चालन हुँदै आएको छ । र्यालीको माध्यमबाट कम उमेरमा बिवाह गर्दा भोग्नु परेको शारीरिक समस्या, पारिवारिक तनाव र कलह,पढाइबाट बञ्चित हुँदा भोग्नुपरेको कठिनाई एवं मानसिक रोग आदिको विषयलाइ संवेदनशिल ढंङ्गले बुुझाउने प्रयास गरिएको छ ।

अविकसित एवं अल्पविकसित देशहरु खासगरी दक्षिण एसिएका केहि मुलुकहरुमा प्रमुख समस्याको रुपमा रहेको बाल विबाह पछिल्लो समय सभ्य तथा सुसस्कृत समाजको चुनौति भएकाले यो कार्यक्रम अत्यन्तै जरुरी भएको ईश्वरपुुर नगरप्रमुख मनोज कुुमार आर्चायको भनाइ रहेको छ । बिश्वमा हुने बाल बिवाहको ४५ प्रतिशत बाल बिवाह साउथ एसियामा हुने गरेको पाइन्छ । बंङ्गलादेश र भारत पछि नेपाल पनि कम उमेरमा बिवाह धेरै हुने देशको रुपमा चिनिएको छ

। नेपालको मधेस प्रदेसमा अन्य प्रदेसहरुको तुलनामा धेरै बाल बिवाह हुने गरेको बिभिन्न अध्यनहरुले देखाएका छन । मधेस प्रदेसमा मात्र ४२ प्रतिशत मानिसको बिवाह २० वर्ष भन्दा कम उमेरमा हुने गरेको पाइन्छ । मधेस प्रदेसको बिकराल समस्याको रुपमा देखा परेको बाल बिवाहको घटनाहरुलाई अन्त्य गर्नको लागि अझ धेरै कार्यक्रमा संचालन गर्न आवश्यता रहेको ग्रामीण नारी उत्थान सङ्घका सचिव सुुर्य प्रसाद चालीसेले जानकारि दिनुु भयो ।

 

Post Comment

छुटाउनुभयो कि ?