Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
‘नाडा अटो शो’ मा दुई दिनमा झन्डै ४८ हजारले अवलोकन गरे

सारांश

  • भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो’ मा दुई दिनको अवधीमा झन्डै ४८ हजार जनाले अवलोकन गरेका छन् ।
  • पहिलो दिन अस्ति १९ हजार सात सय र दोस्रो दिन हिजो २८ हजार नौ सय जनाले अवलोकन गरेको आयोजक नेपाल अटो मोबाइल एसोसिएसनले जनाएको छ ।
  • शो मा विशेषगरी ‘उड्ने ट्याक्सी’ हेर्नेहरुको भीड देखिएको छ ।

५ भदौ, काठमाण्डौ ।

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो’ मा दुई दिनको अवधीमा झन्डै ४८ हजार जनाले अवलोकन गरेका छन् । पहिलो दिन अस्ति १९ हजार सात सय र दोस्रो दिन हिजो २८ हजार नौ सय जनाले अवलोकन गरेको आयोजक नेपाल अटो मोबाइल एसोसिएसनले जनाएको छ । शो मा विशेषगरी ‘उड्ने ट्याक्सी’ हेर्नेहरुको भीड देखिएको छ । शो अवधिभर एक लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । शो हरेक दिन बिहान साँढे १० बजे देखि साँझ ७ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

शो मा बैङ्कहरुले सस्तो ब्याजदरमा गाडी किन्न कर्जा दिने गरी नयाँ योजना सार्वजनिक गरेका छन् । शो लाई लक्षित गरेर वाणिज्य बैङ्कहरुबीच अटो कर्जाको ब्याजदर सस्तो बनाउन प्रतिष्पर्धा देखिएको छ । २० मध्ये सात वटा वाणिज्य बैङ्कले स्थिर र परिवर्तनीय दुवै ब्याजदरमा आकर्षक अफर सार्वजनिक गरेका छन् । अटो कर्जाको ब्याजदर न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म रहेको छ ।

शो मा विभिन्न कम्पनीहरूले प्रदर्शनी स्थलमा नयाँ–नयाँ कारलगायत गाडी सार्वजनिक गरेका छन् । कम्पनीहरूले अटो शो लक्षित गरी आकर्षक मूल्य तोकेका छन् । मेलामा राखिएका मोटरसाइकल र स्कुटरले युवाको ध्यान तानेको छ । प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रेको ‘ब्राण्ड’, १३ हलुका गाडीका ब्राण्ड, चार वटा दुई पाङ्ग्रे गाडीका ब्राण्ड, पार्टपुर्जाका ३५ वटा कम्पनीले आ–आफ्ना उत्पादन राखेका छन् । शो आउँदो आइतवारसम्म चल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
रवि लामिछानेलाई थुनामै पठाउने आदेश
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य
बागमती प्रदेशमा १४४ कर्मचारी दरबन्दी कटौती
बागमती प्रदेशमा १४४ कर्मचारी दरबन्दी कटौती
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले १ भदौमा विश्वासको मत लिँदै