२६ भाद्र २०८२, बिहीबार

रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी

३१ साउन, काठमाडौँ । 

भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अपराह्नमा कारागार स्थानान्तरण गरिने भएको छ ।  कारागार स्रोतका अनुसार सभापति लामिछानेलाई आजै दिउँसो ३ बजे रुपन्देहीबाट ललितपुरको नख्खु कारागार पठाउने तयारी भएको छ ।  लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि कारागार विभागमा निवेदन दिएका थिए ।

साथै रुपन्देही जिल्ला अदालतले पनि उनले पायक पर्ने कारागारमा सर्न खोज्ने सार्न आदेश दिएको थियो । तर डेढ महिनासम्म पनि उनको निवेदन कारागार विभागमै रोकिएको थियो ।  लामिछानेको कारागार सरुवा पनि रोकिएको भन्दै चर्को आलोचना भएपछि विभागले उनलाई रुपन्देहीबाट सरुवा गर्ने निर्णय गरेको हो । लामिछानेले डिल्ली बजार कारागारमा बस्न निवेदन दिए पनि विभागले भने उनलाई नख्खु कारागारमा सार्न लागेको हो ।  शुक्रवार नै विभागले रुपन्देही कारागार प्रशासनलाई पत्र पठाइसकेको थियो । रुपन्देही कारागारले लामिछानेलाई आजै नख्खु ल्याउने गरी तयार गरेको कारागार स्रोतले जनाएको छ । उनलाई हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment