रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी

सारांश

  •   भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अपराह्नमा कारागार स्थानान्तरण गरिने भएको छ ।
  •   कारागार स्रोतका अनुसार सभापति लामिछानेलाई आजै दिउँसो ३ बजे रुपन्देहीबाट ललितपुरको नख्खु कारागार पठाउने तयारी भएको छ ।
  •   लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि कारागार विभागमा निवेदन दिएका थिए ।

३१ साउन, काठमाडौँ । 

भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अपराह्नमा कारागार स्थानान्तरण गरिने भएको छ ।  कारागार स्रोतका अनुसार सभापति लामिछानेलाई आजै दिउँसो ३ बजे रुपन्देहीबाट ललितपुरको नख्खु कारागार पठाउने तयारी भएको छ ।  लामिछानेले डेढ महिना अघि नै डिल्ली बजार कारागारमा स्थानान्तरणका लागि कारागार विभागमा निवेदन दिएका थिए ।

साथै रुपन्देही जिल्ला अदालतले पनि उनले पायक पर्ने कारागारमा सर्न खोज्ने सार्न आदेश दिएको थियो । तर डेढ महिनासम्म पनि उनको निवेदन कारागार विभागमै रोकिएको थियो ।  लामिछानेको कारागार सरुवा पनि रोकिएको भन्दै चर्को आलोचना भएपछि विभागले उनलाई रुपन्देहीबाट सरुवा गर्ने निर्णय गरेको हो । लामिछानेले डिल्ली बजार कारागारमा बस्न निवेदन दिए पनि विभागले भने उनलाई नख्खु कारागारमा सार्न लागेको हो ।  शुक्रवार नै विभागले रुपन्देही कारागार प्रशासनलाई पत्र पठाइसकेको थियो । रुपन्देही कारागारले लामिछानेलाई आजै नख्खु ल्याउने गरी तयार गरेको कारागार स्रोतले जनाएको छ । उनलाई हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु
जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु
उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन
उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल
लिग २ मा आज नेपालले ओमानसँग खेल्दै
लिग २ मा आज नेपालले ओमानसँग खेल्दै
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
महाकालीमा जलसतह खतराभन्दा माथि, शारदा ब्यारेजमा ४ पाङ्ग्रे गाडी बन्द
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने
कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने