भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

सारांश

  • भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।
  • घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो ।
  • आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म एक सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ ।

३० साउन, भोजपुर ।

भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आवको असार मसान्तसम्म एक सय १० वटा मात्र दर्ता भएको कार्यालयले जनाएको छ । उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार आव २०७७/७८ मा पाँच सय ९१, आव २०७८/७९ मा चार सय चार, आव २०७९/८० मा दुई सय ६४, आव २०८०/८१ मा एक सय ३३ र आव २०८१/८२ मा एक सय १० वटा उद्योग दर्ता भएका छन् ।

पछिल्ला वर्षहरूमा उद्योग खारेजीको सङ्ख्या पनि बढेको छ । गत आवमा मात्र ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी एक सय १२ वटा खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेश ढकालले जानकारी दिए । ‘भोजपुरमा घरेलु उद्योग र वाणिज्य फर्मको दर्ता बर्सेनि घट्दो क्रममा छ, गत आवमा एक सय १० वटामात्र उद्योग दर्ता भएका छन् भने एक सय १२ वटा उद्योग तथा फर्म खारेजी भएका छन्,’ निमित्त प्रमुख ढकालले भने ।  भोजपुरमा उद्योगतर्फ तीन हजार ६६३ र वाणिज्यतर्फ एक हजार ८३ गरी जम्मा चार हजार ७४६ उद्योग तथा फर्म दर्ता रहेको उनको भनाइ छ । तीमध्ये करिब ५० प्रतिशत हारहारीमा निष्क्रिय अवस्थामा रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले उद्योगको प्रवर्द्धन तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि दर्ताको सङ्ख्या भने बर्सेनि घट्दो क्रममा रहेको जानकारी दिइएको छ । गत आवमा कार्यालयले उद्यमीको प्रोत्साहनका लागि मागका आधारमा ९१ वटा उपयुक्त प्रविधि हस्तान्तरण गरेको जनाएको छ । कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ । स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्वरोजगार बन्न तथा रोजगारीका अवसर सृजना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
दाइको हत्या आरोपमा भाइ पक्राउ
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापनमा सहयोग र सहकार्यसहित एकीकृत प्रयास आवश्यक छ : मुख्यमन्त्री कार्की
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
यी हुन् मन्त्रिपरिषद्‍का १८ निर्णय
यी हुन् मन्त्रिपरिषद्‍का १८ निर्णय
सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ: सुनिता डंगोल
सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ: सुनिता डंगोल
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाख भ्रष्टाचार मुद्दा
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी