सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज देशभर मनसुनको प्रभाव रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २३, २०८२
|
|
११२ पटक हेरिएको
Shares
आज देशभर मनसुनको प्रभाव रहने

सारांश

  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ ।
  • देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

२३ साउन, काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
जाजरकोटमा शक्तिशाली परकम्पले घरहरु भत्किए, केही व्यक्ति घाइते
जाजरकोटमा शक्तिशाली परकम्पले घरहरु भत्किए, केही व्यक्ति घाइते
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ
लाखौ रकमसहित विभिन्न जिल्लाबाट ३६ जना जुवाडे पक्राउ
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
कौडेना गाउँपालिका अध्यक्ष यादवमाथि गोली प्रहार
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले त्यागे सीके राउत नेतृत्वको जनमत
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?
संसद्‌मा गोकुलको प्रश्न- सरकारले सुन्दैन, शून्य समयको के काम ?