Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

सारांश

  • जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।
  • साथै आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान समेत छ ।
  • महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

१६ साउन, काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । साथै आज राति बागमती प्रदेशका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान समेत छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी
निगमका कर्मचारीको आन्दोलन आठौँ दिन पनि जारी
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
राहदानी विभागकाे डाटा ‘ह्याक’, समस्यामा सेवाग्रही
राहदानी विभागकाे डाटा ‘ह्याक’, समस्यामा सेवाग्रही
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
राष्ट्रियसभा चुनावको उम्मेदवार छनोट गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी
पूर्वआईजीपी खापुङ र पूर्वगृहसचिव दुवाडीसँग छानबिन आयोगको बयान जारी
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
थर वा जन्मले होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री