सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
१५ साउन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताउनुभएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताउनु भयो ।

तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दा समेत नसकेको स्थिति रहेको बताउनु भयो । उहाँले अहिले जलवायु परिवर्तनको कारण अनौठो समस्या आइरहेको बताउनु भयो । अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाईं हुन नसकेको बताउनु भयो । देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिंचाई पु¥याएको बताउनु भयो । सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको बताउनु भयो । सबै महिनामा सिंचाई पु¥याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरु ४० प्रतिशत मेहनत सिजनल सिंचाईका लागि पनि गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले जलवायु परिवर्तनको कारण अनौठो भइरहेको छ ।

तराई–मधेस जहाँ अन्नको भण्डार हो । मधेस प्रदेशले वर्षा लाग्नु भन्दा अगाडि घोषणा गरेको थियो, मधेसको अन्नले देशलाई पाल्छौँ भनेर । त्यति अन्न उब्जाउँछाँै भन्ने घोषणा गरेको थियो । तर साउन १५ मा पुग्दा आधा खेत रोपिएको छैन । पानी परेको छैन । सबै ठाउँमा सिंचाईको प्रवन्ध छैन । देशभरमा अहिलेसम्म हामीसँग २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिंचाई पु¥याएका छौँ । सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी, खेती गर्नसक्ने गरी त्यसको एक तिहाई भूभाग पाँच लाख हेक्टरमा मात्रै सिंचाई सबै महिनामा पु¥याउन सकिएको छ । सबै महिनामा सिंचाई पु¥याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्नेछ । अरु ४० प्रतिशत मेहनत सिजनल सिंचाईका लागि पनि गर्नुपर्नेछ ।

जसको अभावका कारणले अहिले हामी खेती सकेर खिर खाने दिन ५० प्रतिशत मात्रै खेती (धान रोपाईं सकेको स्थितिमा छौँ । त्यसप्रति सरकार चिन्तित छ । चाडको रुपमा एकतिर निरन्तरता दिएका छौँ भने सबै सिजनमा सबै वर्ष सबै ठाउँमा यस्तै चाड सबैले मनाउन पाइयोस् भन्ने प्रवन्धतर्फ अग्रसर पनि छौँ । र प्रतिवद्धता पनि त्यसमा रहेको छ । हाम्रा कामहरुमा ढिलासुस्ती छ । सुनकोशी मरिन डाइभर्सन दुई, तीन वर्षमा सक्नुपर्ने, पाँच, ६ वर्ष भइसक्यो, कति वटा पक्ष त्यसको शुरु नै भएको छ । यसै हिसावले गर्ने हो भने २५ वर्षमा पनि नसकिने गरी काम भइरहेको छ । यसमा ताकेता गरेर अघि बढाइरहेको छु । कामप्रति ठेकेदारलाई झक्झक्याइरहेको छु । दुई पटक ठेकेदार कम्पनी र मन्त्रालयका मानिसहरु राखेर पनि कुरा गरेँ, कसरी अघि बढाउने भनेर ।’ प्रधानमन्त्री ओलीले साउन १५ लाई सबै नेपालीले खुशीसाथ मनाउने गरी आगामी दिनमा वातावरण मिलाउनुपर्ने बताउनु भयो ।



Post Comment