Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी निवेदन

सारांश

  • भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी भूमिहीन परिवारको निवेदन परेको छ।
  • प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिएका हुन्।
  • उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट उक्त संख्यामा निवेदन आयोगमा प्रविष्ट भएको स्पष्ट पारे।

१५ साउन, काठमाडौं ।

भूमि समस्या समाधान आयोगमा १२ लाखभन्दा बढी भूमिहीन परिवारको निवेदन परेको छ। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिएका हुन्। उनले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट उक्त संख्यामा निवेदन आयोगमा प्रविष्ट भएको स्पष्ट पारे।

उनका अनुसार, आयोगमा निवेदन दिनेमा ८९ हजार १४४ भूमिहीन दलित, १ लाख ६८ हजार ८८८ भूमिहीन सुकुम्बासी तथा ८ लाख ७५ हजार १६४ अव्यवस्थित बसोबासी परिवार रहेका छन्। अध्यक्ष रिजालले विभिन्न समयमा बनेका आयोगहरूका बाँकी ८६ हजार ४ सय परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी पनि यही आयोगमा आएको बताए। उनले भने, ‘हामीलाई अहिलेसम्म प्राप्त तथ्यांकको आधारमा ८९ हजार १४४ भूमिहीन दलित परिवारको निवेदन आएको छ।  त्यसैगरी, भूमिहीन सुकुम्बासी एक लाख ६८ हजार ८८८ परिवारको र अव्यवस्थित बसोबासी ८ लाख ७५ हजार १६४ परिवारको निवेदन प्रविष्ट भएको छ। सबै गर्दा ११ लाख ३३ हजार ९६ परिवारको निवेदन हो।

यसबाहेक, विभिन्न समयमा बनेका आयोगहरूका अधुरा कामको संख्या पनि छ, जुन ८६ हजार चार सय हो। त्यो संख्या पनि जोड्दा हामीकहाँ १२ लाख १९ हजार ५ सय ९६ परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी आएको छ।’ उनले थपे, ‘अब यसका लागि वन ऐनमा पनि परिभाषा गर्नुपर्ने आवश्यकता देखियो। कागजमा वन भनिएको छ, तर लामो समयदेखि नागरिक त्यहाँ बस्नुभएको छ, जहाँ अहिले सहर भइसकेको छ।’ अध्यक्ष रिजालले विधेयक पास भए पनि भूमिहीनलाई जग्गा उपलब्ध गराउन समस्या आउनसक्ने बताए। उनले कुनै दल विशेषको आधारमा नभई सर्वसम्मत रूपमा पारित हुने गरी विधेयकलाई समृद्ध बनाउन आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
बहुविवाह मुद्दामा दोषी ठहर एमाले नेता पासङ शेर्पा डिल्लीबजार कारागार चलान
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
बाघको आक्रमणबाट महिलाको मृत्यु
बाघको आक्रमणबाट महिलाको मृत्यु
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
तीनकुने घटना : ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
नेपालको क्षतिबारे दु:ख व्यक्त गर्दै मोदीले भने- जुनसुकै सहयोग गर्न तयार छौं
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल