नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १३, २०८२
|
|
५४ पटक हेरिएको
Shares
नेप्से परिसूचक ३ हजार विन्दुमाथि, १८ अर्ब ५२ करोडको सेयर कारोबार

सारांश

  • साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
  • अघिल्लो दिन सोमबार एकल अंकले बढेको नेप्से परिसूचक आज ३०.
  • ४९ अंकले बढेर ३००२.

१३ साउन, काठमाडौं ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार एकल अंकले बढेको नेप्से परिसूचक आज ३०.४९ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। यसदिन  ३२१ स्क्रिप्सको ४ करोड १८ लाख  ८ हजार ९६६ कित्ता सेयर १८ अर्ब ५२ करोड  ९३ लाख  २२ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भए। सोमबार १९ अर्ब माथिको सेयर कारोबार भएको थियो।

यसदिन चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मुक्तिनाथ कृषि कम्पनी,ट्रेड टावर,सान्भी इनर्जी र  नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल वयरहाउजिङको सेयर ८.०६ प्रतिशतले बढ्यो। यसदिन समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.६० प्रतिशतले घट्यो। ६४ करोडको सेयर कारोबार गरी हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो।

यसैगरी ग्रीन भेन्चर्सले ६३ करोडको सेयर कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सको ५६ करोड,हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युतको ४९ करोड बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये १७६ वटा स्टक्सको मूल्य बढ्दा ७४ वटाको घट्यो। १० वटा समूहको उपसूचक बढ्दा तीनवटाको घट्यो। अर्दश समूहको उपसूचक सर्वाधिक २.५८ प्रतिशतले बढ्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
संसदको महासचिव नियुक्ति विवाद टुंग्याउने राष्ट्रपतिको संकेत
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री नेतृत्वको टोली भारत भ्रमणमा जाँदै
च्याम्पियन्स ट्रफी : पाकिस्तान र बंगलादेशको खेल वर्षाका कारण रद्द
च्याम्पियन्स ट्रफी : पाकिस्तान र बंगलादेशको खेल वर्षाका कारण रद्द
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
भिजिट भिसा प्रकरण : पूर्वगृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
के ड्राई फ्रुट खाँदा शरीरमा सुगरको मात्रा बढ्न सक्छ ?
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?