बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
१३ साउन, काठमाडौं ।
बागमती प्रदेशमा नेपाली कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिएका छन् । खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामकुमार खड्काले मुख्यमन्त्री बहादुर सिंह लामासमक्ष राजीनामा बुझाएका हुन् । योसँगै उनी पनि मुख्यमन्त्री सिंहविरुद्धको अविश्वास प्रस्तावको कित्तामा उभिएका छन् ।

खड्का प्रकाशशरण महत निकट मानिन्छन् । यसअघि नै कांग्रेसका ४ मन्त्रीले राजीनामा दिइसकेका छन् । मत विभाजनबाट दलको नेताको प्रक्रिया सुल्झाउने तयारी छ । संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका इन्द्र बानियाँको पक्षमा २३ सांसदहरूले साथ दिने निश्चित भएको छ ।




Post Comment