लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
४१ पटक हेरिएको
Shares
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

सारांश

  • लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
  • पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् ।

१२ साउन, बुटवल।

लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्रीहरुको उपस्थिति थियो । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार पाण्डेलाई नियुक्त गरी मन्त्रिपरिषद् बिस्तार गरेका थिए । यसअघि यो मन्त्रालय मुख्यमन्त्रीले सम्हालेका थिए । पाण्डेको दल प्रदेश सरकारको वजेटमाथि छलफल भइरहेका प्रतिपक्षी दलहरुले बहिष्कार गरेका बेला बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्न गएको थियो । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।

यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री सहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए । अब १२ जना मन्त्री भएका छन् । पाण्डे मन्त्री नियुक्त भएपछि उनको दलकभित्र विवाद उब्जिएको छ। संसदीय दलका उपनेता कन्हैया बानियाले संसदीय दलमा कुनै छलफल र निर्णयविना पाण्डे मन्त्री नियुक्त भएको आफूहरुले सञ्चारमाध्यमबाट थाहा पाएको बताए । पाण्डे यसअघि प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन्। उनलाई सत्तालोलुप नेताको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो : प्रचण्ड
माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो : प्रचण्ड
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुरक्षित पानी र सरसफाईका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव
सुनको मुल्य तोलामा सात सयले घट्यो
सुनको मुल्य तोलामा सात सयले घट्यो
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
डडेलधुरामा दुई पुरुषको मृत्यु
डडेलधुरामा दुई पुरुषको मृत्यु
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
यसरी निकालियो मर्स्याङ्दीमा खसेको भारतीय बस (तस्बिरहरू)
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति