१३ श्रावण २०८२, सोमबार

लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ

१२ साउन, बुटवल।

लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजित समारोहमा प्रद्श प्रमुख कृष्णबहादुर घर्ती समक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् । पाण्डे लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री नियुक्त भएका हुन् ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लिबहादुर चौधरी, प्रदेशका मन्त्रीहरुको उपस्थिति थियो । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार पाण्डेलाई नियुक्त गरी मन्त्रिपरिषद् बिस्तार गरेका थिए । यसअघि यो मन्त्रालय मुख्यमन्त्रीले सम्हालेका थिए । पाण्डेको दल प्रदेश सरकारको वजेटमाथि छलफल भइरहेका प्रतिपक्षी दलहरुले बहिष्कार गरेका बेला बेला एकाएक सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्न गएको थियो । तीन सांसद रहेको लोसपामा उनी संसदीय दलका नेता थिए ।

यसअघि ११ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री सहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जसपाबाट एकजना मन्त्री थिए । अब १२ जना मन्त्री भएका छन् । पाण्डे मन्त्री नियुक्त भएपछि उनको दलकभित्र विवाद उब्जिएको छ। संसदीय दलका उपनेता कन्हैया बानियाले संसदीय दलमा कुनै छलफल र निर्णयविना पाण्डे मन्त्री नियुक्त भएको आफूहरुले सञ्चारमाध्यमबाट थाहा पाएको बताए । पाण्डे यसअघि प्रदेश सरकारमा दुई पटक मन्त्री भइसकेका छन्। उनलाई सत्तालोलुप नेताको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?