१३ श्रावण २०८२, सोमबार

स्वास्थ्य मन्त्रालयले प्रदेशमा पठायो रेबिजबिरुद्धको ५१ हजार भायल खोप

१२ साउन, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभागअन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद गरिएका औषधि प्रदेशका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रमा पुर्‍याइएको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीलाई उक्त खोप र औषधि अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए ।

रेबिजविरुद्ध उपयोग हुने ५१ हजार १८० भायल खोप प्रदेश आपूर्ति केन्द्रमा पुगिसकेको विभागले जनाएको छ । खोप सबैभन्दा बढी वाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । वाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ । सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति गरिएको छ । मधेस प्रदेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार ५०० र रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आपूर्ति गरिएको छ । मागका आधारमा अरू प्रदेशमा पनि भ्याक्सिन र भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?