१२ श्रावण २०८२, आईतवार

मधेस र लुम्बिनीबाहेक ५ प्रदेशमा आज भारी वर्षाको सम्भावना

११ साउन, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले मधेस र लुम्बिनी प्रदेशबाहेकका प्रदेशमा आइतबार दिउँसो भारी वर्षा हुने जनाएको छ । आइतबार दिउँसो र रातिको पूर्वानुमान गर्दै विभागले यस्तो जनाएको हो । विभागका अनुसार आइतबार दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिमका प्रदेशका पहाडीसहित एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै मधेस र लुम्बिनी प्रदेशमा थोरै स्थानमा मध्यम वर्षासहित हावाहुरी चल्ने सम्भावना रहेको छ । आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?