२६ जेष्ठ २०८२, आईतवार

जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल

१६ मंसिर, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जनकपुर न्युरो हस्पिटल एण्ड रिसर्च सेन्टर द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल भएका छन्।

ऐरिस कार्कीका भिनाजु सुनिल कार्कीले मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाइते भएका आफ्नो सालोको सफल उपचार गरेकोमा जनकपुर न्यूरो हस्पिटलका चिकित्सक टिमले नयाँ जीवन दिएकोमा बधाई सँगै धन्यवाद दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका बाच्नै नसक्ने अवस्थामा रहेका दुईजना बिरामीले जनकपुर न्यूरो हस्पिटलमा नयाँ जीवन पाएका छन् ।
धनुषाको ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका काठमाडौका २६ वर्षिय ऐरिस कार्की र म्याजिक पल्टिने क्रममा घाइते भएका सर्लाही हरिहरपुरका २० वर्षिय मिन्टु दासको सफल उपचारले नयाँ जीवन पाउएका छन् ।

प्रेस फोरकेका पत्रकारलाई उनले भने मधेशमा पनि यस्तो सफल उपचार हुन्छ भन्ने विश्वास थिएन । मधेश प्रदेशमा धेरै नै हस्पिटल छन् तर सफल उपचारको नाममा सुनिय मात्र हो लुटनमा सबै होस्पिटल हो तर सफल उपचार गर्नमा कोई छैनन् यहि बिचमा मधेश प्रदेशको राजधानीमा रहेको जनकपुर न्युरो हस्पिटलले नयाँ उदाहरण कायम गरेको छ । आफूहरु त काठमाडौ वा चितवन लग्ने विचारमा थियौं । तर काठमाडौस्थित अन्नपूर्ण न्यूरो हस्पिटलका एक न्यूरो सर्जनले जनकपुरमै डा. विजय राउत र डा. हेमन्त साह कहाँ उपचार गराउन सल्लाह दिएका थिए । तर उनको सुझाव अघि नै यहाँ भर्ना गराइसकिएको थियो । चित नमानेपनि उपचार गराउन बसे, तर यहाँका चिकित्सक टोलीले सफल उपचार गरेर आफ्नो सालोको नयाँ जीवन सफल भएको हो । त्यस्तै सर्लाही हरिपुरका मिन्टु दासका बुवा जितेन्द्र दासले भने म्याजिक पल्टिने क्रममा गम्भीर घाइते भएका आफ्नो छोराको बाच्न सक्ने कुनै उम्मीद नै थिएन ।

धेरैले काठमाडौ वा विराटनगर लग्न सुझाव दिएका थिए, पैसाको आभावमा त्यहाँ लगेनौ । बांच्छ भन्ने आश थिएन तर डा. विजय राउत र हेमन्त साह सहितको यहाँका चिकित्सक टोलीले मेरो छोरालाई नयाँ जीवन दिन सफल भएको छ । दुवै दुर्घटनाका बिरामीको न्यूरो सम्बन्धी टाउको अपरेशन गरिएको हो । हस्पिटल व्यवस्थापक अजय राउतले भने आफ्नो हस्पिटल विराटनगर, चितवन र काठमाडौभन्दा निकै न्यूनदरमा न्यूरो सम्बन्धी उपचार गरिरहेको छ । बाहिर १० लाख रुपैयासम्म उपचार खर्चमा हामी बढीमा ६/७ लाख मात्र लिने गरेका छौं । उनले भने जीवन मृत्यु हाम्रो हातमा होइन । हामीले उपाचारबाट बचाउने काम मात्रै गर्ने हो । तर अहिलेसम्म हाम्रो अस्पतालमा मृत्युभन्दा बढी जीवन नै पाएको हो । अहिलेसम्म संख्यात्मक आधारमा ९२ प्रतिशतको सफल उपचारले नयाँ जीवन नै पाएको छ । ८ प्रतिशतको मात्रैलाई हामीले बचाउन सकेका छैनौं । जबकि काठमाडौ र विराटनर लगायतका ठाउँमा न्यूरो सम्बन्धी केशमा बढीमा ३०/४० प्रतिशत सफल उपचारको मात्र तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0

छुटाउनुभयो कि ?