काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने

सारांश

  •   महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे प्रत्येकपटक पाँचसय जरिबाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ ।
  • हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो ।
  • काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिबाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

९ साउन, काठमाडौं । 

महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे प्रत्येकपटक पाँचसय जरिबाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिबाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेकाअनुसार  तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ्ग गरे सबै किसिमका तीनपारी सवारी साधन मोटरसाईकल स्कूटरलाई एकहजार जरिबाना गरिनेछ । सबै किसिमका चारपायें सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिनेछ ।  मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई  ३ हजार ५ सय जरिबाना गरिँदैछ । सबै किसिमका ठूला सवारी साधन । बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानूनले निषेध गरेको विज्ञापन गरेमा  १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्नेछ । पाण्डेले भन्नुभयो–‘सार्वजिक स्थलमा धुम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धुम्रपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो । नगहालैको नगरसभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिबाना गर्ने निर्णय भएको छ ।

निजी सम्पत्ति बाहेकका अन्य स्थलहरु धुम्रपान निषेध गरिएको छ ।’ पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ ।  खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्विकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवना तोकिएको छ । सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, विरुवामा क्षति पु¥याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
एकतर्फी सञ्चालनमा आयो दाउन्ने सडक
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
सर्लाहीमा एमाले र कांग्रेसको पार्टी कार्यालयमा आगजनी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ
काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित २ जना पक्राउ
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
ओखलढुङ्गामा २१ सुत्केरीको हवाई उद्धार
ओखलढुङ्गामा २१ सुत्केरीको हवाई उद्धार
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै