११ श्रावण २०८२, शनिबार

एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?

९ साउन, काठमाडौं । 

नेकपा (एमाले)का सांसद किरणकुमार शाहले पोखराको १३५ रोपनी लिची बगैंचा हडप्न घुसम लिएको आरोप लागेका मन्त्रीहरु अझै किन पदमा छन् ? भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले भिजिट भिसा दुरुपयोग, मानव बेचबिखनमा संलग्न व्यक्तिहरूलाई संरक्षण आरोप लगाउँदै तिब्र आलोचना गर्नुभयो ।

उहाँले भ्रष्टाचारीको अनुहार पनि नहेर्ने भन्न सरकारले भ्रष्टाचार काण्डमा मुछिएका मन्त्रीहरुलाई संरक्षण गरिरहेको आरोप लगाउनु भयो ।  उहाँले भन्नुभयो, ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैन । सुशासनमा प्रतिवद्ध छौं । तर म प्रश्न गर्छु–भिजिट भिसा प्रकरणमा कास्कीको लेखनाथ लिची बगैंचामा मुछिएकाहरु किन अझै पदमा छन् ? मानव बेचबिखनमा मुछिएकाहरुको किन सम्मानसहित स्वागत गरिन्छ । यो मौनता लाज हराएको शासन हो कि भ्रष्टाचारको सुरक्षित शासन हो ।’ उहाँले मानव बेचबिखनमा संलग्न भएको आरोप लागेकाहरूको सम्मानसहित स्वागत भइरहेको विषयमा पनि सरकार मौन रहेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?