भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
४७ पटक हेरिएको
Shares
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

सारांश

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ ।
  • उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
  • उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो ।

१५ मंसिर, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ ।

उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । उनले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो । उनी भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ । ४ जेठमा प्रहरीले रिजाललाई पक्राउ गरेको थियो । उनीसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि केन्द्रीय कारागार सुन्धारामा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलेसियाको रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन गर्दै सरकार, २५० लाई स्पष्टीकरण
मलेसियाको रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन गर्दै सरकार, २५० लाई स्पष्टीकरण
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
फेवा महोत्सव आजदेखि
फेवा महोत्सव आजदेखि
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
विश्व बैंकद्वारा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशत मात्रै हुने प्रक्षेपण
लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै
लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै
शंकास्पद वस्तु पड्किँदा निजगढमा वर्कसप सञ्चालकको मृत्यु, ४ जना घाइते
शंकास्पद वस्तु पड्किँदा निजगढमा वर्कसप सञ्चालकको मृत्यु, ४ जना घाइते
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
जनकपुरको निजी अस्पतालमा अनुगमन जारी, ४ अस्पताल बन्द
मोरङमा कुकुरले टोकेर एक जनाको मृत्यु
मोरङमा कुकुरले टोकेर एक जनाको मृत्यु