नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः सचिव भट्टराई

सारांश

  • नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताउनुभएको छ ।
  • बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
८ साउन, काठमाडौं ।
नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताउनुभएको छ । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

समितिको छलफलका क्रममा उहाँले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताउनु भयो । उहाँले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थ्ल थप्ने कुरा ल्याउनु उचित नरहेको बताउनु भयो । अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाइ विस्तार गर्न जरुरी रहेको बताउनु भयो । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘हाम्रो नेपालको हवाई सेवाको इतिहास हेर्दा १९४९ मा पहिलो पटक हवाई सेवा शुरु गरेका थियौँ ।

त्यस यता अहिलेसम्म १०८ वटा दुर्घटना भएका छन् । यसबाट ९५९ जना मान्छेको ज्यान गएको छ । यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । यि ऐनहरु किन बनाइरहेका छौँ भन्दा यि दुर्घटनाहरुलाई कसरी मिनिमाइज गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या होलान् । जाँचबुझ आयोगले निक्र्यौल गरेकै छ । ५५ वटा एयरपोर्ट हाम्रोसामु छन् । यि बारेमा पनि छलफल होस् । अब नेपालमा कति एयरपोर्ट चाहिन्छ । हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच, आदि कुराहरुले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ । ५५ वटा एयरपोर्टहरु सबै सञ्चालनमा छैनन् । ३२ वटा जति होलान् । त्यही पनि सबै रेगुलर छैनन् । कठोर लाग्न सक्छ ।

फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो । राजनीतिक दबाब । राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ । त्यसबाहेक अरु एयरपोर्ट बनाउनुपर्छ जस्तो मलाई लाग्दैन । भएका एयरपोर्टहरुको क्षमता विस्तार गर्ने हो ।’ सचिव भट्टराईकाअनुसार १९४९ मा पहिलो पटक नेपालमा हवाई सेवा शुरु भएको थियो । त्यसपछि हालसम्म् १०८ वटा दुर्घटना भएका छन् । जसबाट ९५९ जनाको ज्यान गएको छ । अब दुर्घटना हुन नदिने गरी ऐन बनाउनुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक जारी
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
अफगानिस्तानको भुकम्पमा मृ*त्यु हुनेको सङ्ख्या २४ पुग्यो
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
जेन–जीको प्रदर्शन: पोखरामा पनि अनिश्चितकालीन निषेधाज्ञा
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ