सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार

सारांश

  • विगत ६ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ ।
  • आज बुधबार बजार ५.
  • १७ अंक बढेको छ ।

७ साउन, काठमाडौं ।

विगत ६ कारोबार दिनदेखि सेयर बजार लगातार बढेको छ । आज बुधबार बजार ५.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९८० अंकमा पुगेको छ । आज दिनभर बजार बढी उतारचढावपूर्ण रह्यो । २ : १० बजे बजार २९५१ अंकमा झरेको थियो । त्यसपछि खरिद पक्ष बलियो बन्यो र बन्द हुँदा २९७८ अंकमा पुग्यो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन २० अर्ब ८ करोडको कारोबार भएकोमा आज १९ अर्ब ५७ करोडको भयो ।

९८ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो । आज फाइनान्स समूह सबैभन्दा धेरै ३.२३ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, अन्य १.४४ र व्यापार ०.३१ प्रतिशत बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१० प्रतिशत घट्यो । बैंकिङ ०.२५, विकास बैंक ०.९२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.७२ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे । दुई नयाँ कम्पनी ट्रेड टावर र सान्भी इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । टे«ड टावरको मूल्य ५८९.३० तथा सान्भीको ५२५.४० रुपैयाँ पुगेको छ ।

त्यस्तै ग्रीन भेन्चर्सको मूल्य ९.४, लिबर्टी इनर्जीको ७.०८ तथा बेस्ट फाइनान्सको ५.९७ प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको ५.३२, ग्रिन डेभलपमेन्ट बैंकको ४.२६, अभियान लघुवित्तको ४.१३ तथा आरएसडीसी लघुवित्तको ४.१० प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, निफ्रा, बुटवल पावर र नेपाल पुनर्बीमा क्रमशः छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भारतीय उद्योगपति रतन टाटाको निधन
भारतीय उद्योगपति रतन टाटाको निधन
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
सिनामंगलमा असईले गरे ४ महिने छोराको ह*त्या, प्रहरी जवान श्रीमती पनि घाइते
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता
मधेशको अर्थ समितिको सभापतिमा जनमतकी अनिता