संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
२३ पटक हेरिएको
Shares
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
  • काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको बताउनु भयो ।

७ साउन, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको बताउनु भयो ।

उहाँले संविधान कार्यान्वयन कस्तो रह्यो भनेर समीक्षा गर्नुपर्ने जरुरी रहेको र समीक्षापछि मात्रै संशोधन र परिमार्जनको प्रक्रियामा जान जरुरी रहेको बताउनु भयो । आफू नै गणतन्त्रको पिता भएकाले गणतन्त्र जन्माउने व्यक्तिलाई गणतन्त्रको सबैभन्दा बढी चिन्ता, चासो र जवाफदेही हुने बताउनु भयो । गणतन्त्रमाथि प्रश्न उठेपछि अभियान चल्दाचल्दै पनि काठमाडौं आएर जनप्रदर्शन गरेको बताउनु भयो ।  अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो, सकिएन समीक्षाको बेला आएको छ ।

हामीले संविधान कति राम्रोसँग कार्यान्वयन गर्न सकियो, सकिएन, त्यसको पनि समीक्षाको बेला आएको छ । हामी पहिला त समीक्षा गरौँ त्यसपछि संशोधन र परिमार्जनको प्रक्रियामा लैजाऔँ । यसमा पनि सबै बुद्धिजीवि, नेता, कार्यकताहरु र राजनीतिक दलको ध्यान जाओस् ।’ अध्यक्ष दाहालले कुनैपनि राजनीतिक दलबाट महिला अघि आउने कुरा आफ्नो लागि खुशीको कुरा भएको बताउनु भयो । महिला,दलित, आदिवासी, जनजाति, थारुले पाएको अधिकारमा इतिहासले सम्मान गरिसकेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ