५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
५० पटक हेरिएको
Shares
५८औं दिन पनि संसद्‍मा रास्वपा र राप्रपाको अवरोध

सारांश

  • प्रतिनिधिसभामा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् ।
  • यी दुई दलले संसद्‍मा अवरोध गर्न थालेको ५८ दिन भयो ।
  • बुधबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठे ।

७ साउन, काठमाडौं ।

प्रतिनिधिसभामा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् । यी दुई दलले संसद्‍मा अवरोध गर्न थालेको ५८ दिन भयो । बुधबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नामा नेपाली बेचिने काम भइराखेको बताइन् ।

तस्करको सेटिङ नरोकिएको भनेर उनले सरकार गम्भीर नरहेको बताइन् । ७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसद‍्‍मै रहेको बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जताततै भ्रष्टाचार रहेको बताए ।

भ्रष्टाचार अन्त्य गर्नका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई ल्याइनुपर्ने उनको आग्रह छ । नेपालबाट कोरिया जानेलाई एउटै प्लेनबाट जाने भनेर कुरा मिलाएर खानेहरू समेत रहेको उनले बताए । आफूहरूले संसद्‍मा गरेको विरोध सरकारले नसुनेको पनि उनले बताए । भ्रष्टाचारसँग सम्बन्धित विषयमा छानबिन गर्न सरकार तयार नभए सडकबाट दबाब दिने उनको चेतावनी छ । आफ्ना कुरा राखेर रास्वपा र राप्रपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : यी दुई प्रदेशमा वर्षा र हिमपातको सम्भावना
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
प्रधानमन्त्रीको सन्देश : प्रत्यक्ष निर्वाचित कार्यकारी अहिले हुन्न, मुख्य लक्ष्य चुनाव
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी
चार्टर जहाजबाट पोखरा आइपुगे १२९ जना चिनियाँ खेलाडी
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश आदेश
रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश आदेश