सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सर्लाहीको कबिलासी नगरपालिकामा चोरी, कम्प्युटर र कार्यालय सामग्रीसहित पाँच जना पक्राउ

सारांश

  • सर्लाहीको कबिलासी नगरपालिकाको कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
  • उनीहरूको साथबाट चोरी भएका कम्प्युटर, प्रिन्टर लगायतका सरकारी सामग्रीहरू समेत बरामद गरिएको छ ।
  • इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार, २०८२ साल साउन ४ गते राति कबिलासी नगरपालिका वडा नं-८ स्थित सामाजिक सुरक्षा शाखाको कोठाबाट विभिन्न सरकारी सामानहरू चोरी भएका थिए ।

७ साउन, सर्लाही ।

सर्लाहीको कबिलासी नगरपालिकाको कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट चोरी भएका कम्प्युटर, प्रिन्टर लगायतका सरकारी सामग्रीहरू समेत बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार, २०८२ साल साउन ४ गते राति कबिलासी नगरपालिका वडा नं-८ स्थित सामाजिक सुरक्षा शाखाको कोठाबाट विभिन्न सरकारी सामानहरू चोरी भएका थिए ।

घटनाबारे साउन ५ गते बिहान ९:४० बजे प्रहरी चौकी कबिलासीमार्फत सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा प्रहरीले नगरपालिका नजिकैको नालामा फालिएको अवस्थामा एउटा प्रिन्टर फेला पारेको थियो । क्यानन कम्पनीको उक्त प्रिन्टरको सिसा फुटेर क्षतिग्रस्त अवस्थामा बरामद भएको थियो । प्रहरीले सीसीटीभी फुटेज र अन्य प्राविधिक पक्षहरूको विश्लेषण गर्दै अनुसन्धानलाई अगाडि बढाउँदा चोरीमा संलग्न व्यक्तिहरूको पहिचान खुलेको थियो । सोही आधारमा खोजतलास गर्ने क्रममा प्रतिवादीहरू मध्येका एक रोहित मिश्रको घरमा खानतलासी गर्दा चोरी भएका अन्य सामानहरू फेला परेका थिए ।

प्रहरीले घटनामा संलग्न निम्न व्यक्तिहरूलाई पक्राउ गरेको छ

रोहित मिश्र, वर्ष २२ सुरेन्द्र राय, वर्ष ४० राजु पासवान, वर्ष २० ललका पासवान, वर्ष २२ दिपक पासवान, वर्ष १९

बरामद गरिएका सामग्रीहरू

सीपीयू एक थान, मोनिटर एक थान , किबोर्ड एक थान, कुर्सी एक थान, राउटर एक थान, मल्टी प्लग एक थान, क्षतिग्रस्त प्रिन्टर एक थान,पक्राउ परेका सबैलाई सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी
राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
प्रधान सेनापति शर्मा चीन प्रस्थान
प्रधान सेनापति शर्मा चीन प्रस्थान
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
कमल थापाको रिहाइ माग्दै राँके जुलुस
कमल थापाको रिहाइ माग्दै राँके जुलुस
सर्लाहीको रामनगरमा आगलागी, कच्ची घरभित्रको धनमाल नष्ट
अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल
अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल