८ श्रावण २०८२, बुधबार

महिलालाई नेपालमै रोजगारी दिन आवश्यक छः मन्त्री सुडी

६ साउन, काठमाडौं । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई नेपालमै रोजगारी दिन आवश्यक रहेको बताउनुभएको छ । मंगलवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले यसतो बताउनुभएको हो । उहाँले यसमा मन्त्री एक्लैले नसक्ने भन्दै सबै मिलेर वृहत कार्ययोजनासहित काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पाउने बताउनु भयो । विदेशमा श्रम गर्न गएका महिलाको समस्या समाधानमा सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले समस्यामा परेका नागरिकको उद्धारमा सरकारले सधैँ प्राथमिकताका ासथ काम गरिरहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘मन्त्री एक्लैले केही गर्न सक्दैन । तपाईंहरु मिलेर वृहत गर्न सक्नुहुन्छ ।

महिलालाई टे«निङ दिँदा महिलाले आफ्नै गाउँघरमा रोजीरोटी पायो भने बाहिर जाँदैन । जो महिला विदेशमा श्रम गर्न जानुभएको छ । उहाँहरुलाई कठिनाइ भएको छ भने तपाईंहरुले जानकारी दिनुभयो भने त्यमसा दत्तचित्त भएर उहाँहरुको उद्धारको लागि लाग्नेछौँ । हुनतः यो काम श्रम, रोजगार मन्त्रालयको हो । तर महिला दिदिबहिनीको लागि मन्त्रालय सदैव तयार रहन्छ ।’ मन्त्री सुडीले विदेशमा रहेका महिलाहरुको उद्धार, व्यवस्था र सुरक्षित गर्न सरकार सदैव तयार रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?