‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
४५ पटक हेरिएको
Shares
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ

सारांश

  • सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् ।
  • फेक अडियो प्रकरणमा सर्वाेच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो ।
  • सर्वाेच्चको फैसलापछि उनी फरार थिए ।

५ साउन, विराटनगर ।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् । फेक अडियो प्रकरणमा सर्वाेच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । सर्वाेच्चको फैसलापछि उनी फरार थिए । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ परेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।

उनका अनुसार तिम्सिनाले सुरुमा आफ्नो नाम र ठेगाना लुकाएका थिए । ‘सुरुमा घर इलाम र थर खड्का भन्थे, नाम पनि अर्कै भने, परिचय पत्र मागेर सोधीखोजी गर्दा वास्तविक परिचय खुल्यो,’ डीएसपी भण्डारीले भने, ‘सर्वोच्चको फैसलाका कारण उहाँलाई नियन्त्रणमा राखेका छौं ।’ तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको उनले बताए । सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार इटहरी ५ पचरुकी चोकमा दुई महिलाबीच लेनदेनको विवाद थियो । विवाद भएको सूचनापछि पुगेको प्रहरीले घटनास्थलमा तिम्सिनालाई पनि भेटेको थियो । दुई महिलाबीचको विवादमा उनी पनि जोडिएपछि पक्राउ गरी प्रहरी कार्यालय ल्याएको थियो । कार्यालयमा पनि उनी फरार अभियुक्त हुन् भन्ने खुलेको थिएन । परिचय पत्र हेरेपछि मात्रै फरार अभियुक्त भएको खुलेको थियो । गोदाबरी-१० ललितपुर ठेगाना भएका तिम्सिना सर्वोच्चको फैसला पछि पुर्वी क्षेत्रमा थिए । प्रहरीसँगको बयानमा उनले आफू धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने
राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध, ७ वटा एकतर्फी
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
बाराको सिम्रौनगढमा प्रहरीको गोलीबाट एक युवकको मृत्यु 
हङकङको एक रेस्टुरेन्टमा आगलागी
हङकङको एक रेस्टुरेन्टमा आगलागी
प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण
प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
राष्ट्रिय सहमतिबिना निकास असम्भवः पूर्वराजा शाह
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
भ्रष्टाचारका फाइल खोलेपछि रातारात सत्ता समीकरणमा फेरबदल भयो : गृहमन्त्री लामिछाने
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार