धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १६, २०८२
|
|
११८ पटक हेरिएको
Shares
धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित

सारांश

  • धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
  • जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।
  • उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

१६ कात्तिक, धनुषा ।

धनुषाका नीजि स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाभरिका स्वास्थ्यकर्मीहरुले आफूहरुमाथि श्रमशोषण भएको भन्दै आज(आइतबार)जनकपुरधाममा विरोध जुलुस निकालेका छन् । उनीहरुले ‘श्रम शोषण बन्द गर’, ‘१२ हजार तलबले घर चल्दैन’, ‘वी वान्ट जस्टिस’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गर्नुका साथै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएका छन् ।

निजी स्वास्थ्यसंस्था तथा अस्पतालहरुले तोकेको भन्दा बढी समय काम गराउँदै आएको उनीहरुको आरोप छ । नेपाल सरकारले तोके बमोजिम न्यूनतम पारिश्रमिक दिनुको साटो ८ हजार देखी १२ हजार सम्म मात्र तलब दिने गरेको उनीहले गुनासो गरेका छन् । कुनै स्वास्थ्यकर्मीले अस्पताल प्रशासनलाई गुनासो गरेमा काम बाटै हटाउने जस्ता कार्य भएको उनीहरुको भनाई छ ।

विगत केही दिन अघि यी समस्याहरुको समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीहले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायहरुमा ज्ञापन पत्र बुझाएका थिए । तर ती ज्ञापन पत्र बुझाएर पनि समस्याहरुको कुनै समाधान नभएको भन्दै उनीहरु बिरोध गर्न बाध्य भएको जनाएका छन् । उनीहरुले आगामी दिनमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
समाजवादी मोर्चा घोषणा आज हुदै
समाजवादी मोर्चा घोषणा आज हुदै
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण
आज सुन चाँदीको मूल्य बढ्यो
आज सुन चाँदीको मूल्य बढ्यो
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
फोहरबाट इन्टरलक र टायल उत्पादन सुरू
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
यी ४ कारण उल्लेख गर्दै हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजीनामा
मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने
मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते