प्रधानमन्त्री प्रचण्ड कोप-२८ मा भाग लिन दुबईमा
१४ मंसिर, दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।
स्थानीय समय अनुसार राति करिब १ः३० बजे उनी दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । कोप-२८ मङ्सिर १४ देखि २६ गतेसम्म (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म) दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा सम्बोधन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1