रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १३, २०८०
|
|
५० पटक हेरिएको
Shares
रास्वपाले थप्यो ६ जना पदाधिकारी, स्वर्णिम बने उपसभापति

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ ।
  • रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको बताए  ।
  • महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा.

१३ मंसिर, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थपिएको बताए  । महामन्त्री ढकालका अनुसार उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनीत भएका छन् । रास्वपामा यसअघि नै  उपाध्यक्षमा डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र कोषाध्यक्षमा बसुमाया तामाङ रहेका थिए । अब सभापतिसहित ११ सदस्यीय पदाधिकारी बनेको छ ।

रास्वपाले पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको छ । रास्वपाले अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्य बनाएको छ । आज रास्वपाले पार्टीका १४ जना सांसदलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा ‘फर्किने घोषणा’ गर्ने !
राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
राजमार्गलाई ग्रामीण सडक सञ्जालमा जोड्दै
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
पक्राउ परेकि आशिका तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति