८ श्रावण २०८२, बुधबार

शेखरले बोलाए आफू निकटका सांसदहरूको बैठक

४ असार, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकटका सांसदलाई छलफलका लागि डाकेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सांसदहरूलाई नेता कोइरालाले छलफलका लागि बोलाएका हुन् । संस्थापन इतरका एक नेताले बैठकका लागि कोइरालाले बोलाएको पुष्टि गरे । उनका अनुसार हाल छलफल जारी रहेको छ ।

पछिल्लो समय कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि छलफलको क्रम तिव्र पारेका छन् । पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनीहरूको निवासमै गएर कोइरालाले भेटेका थिए । कोइराला निकटका नेताहरूका अनुसार उनले अन्य दलका मूल नेतृत्वसँग पनि भेट्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?