सिन्धुपाल्चोकमा मानव कंकाल फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा मानव कंकाल फेला

सारांश

  • सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला परेको छ ।
  • बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।
  • बेत्रावती सामुदायिक वनको जंगलमा शुक्रबार टाउकोलगायत शरीरका केही भागहरुको हड्डीसहित कपडा फेला परेको प्रहरीले जनाएको छ ।

३ असार, काठमाडौं ।

सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला परेको छ । बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ । बेत्रावती सामुदायिक वनको जंगलमा शुक्रबार टाउकोलगायत शरीरका केही भागहरुको हड्डीसहित कपडा फेला परेको प्रहरीले जनाएको छ ।

नजिक रुखमा नाइलनको डोरी पनि झुण्डिएको अवस्थामा फेला परेको थियो । उक्त कंकालको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कंकाल गत जेठमा हराएका सोही ठाउँका करिब ६४ वर्षीय सार्की तामाङको रहेको प्रहरीले जनाएको छ । कपडाको आधारमा परिवारले उनको कंकाल पहिचान गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?