सिन्धुपाल्चोकमा मानव कंकाल फेला
३ असार, काठमाडौं ।
सिन्धुपाल्चोकको बलेफीमा मानव कंकाल फेला परेको छ । बलेफी गाउँपालिका-६ बन्दर्वामा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ । बेत्रावती सामुदायिक वनको जंगलमा शुक्रबार टाउकोलगायत शरीरका केही भागहरुको हड्डीसहित कपडा फेला परेको प्रहरीले जनाएको छ ।
नजिक रुखमा नाइलनको डोरी पनि झुण्डिएको अवस्थामा फेला परेको थियो । उक्त कंकालको पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कंकाल गत जेठमा हराएका सोही ठाउँका करिब ६४ वर्षीय सार्की तामाङको रहेको प्रहरीले जनाएको छ । कपडाको आधारमा परिवारले उनको कंकाल पहिचान गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment