एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२२ पटक हेरिएको
Shares
एमालेसँग लसपस गर्नेलाई केही भन्नु छैन, एकता सम्भव छैन : माधव नेपाल

सारांश

  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् ।
  • साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए ।
  • ‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन ।

२ असार, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् । साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए । ‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँ भित्रको अवस्था हामीले देखिरहेका छौं । त्यसप्रति लसपस कसैको छ भने आशा छ भने मेरो भन्नु केही पनि छैन,’ अध्यक्ष नेपालले भने ।

शुक्रबार आफ्ना पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले एमालेकै नेताहरूबाट आएका अभिव्यक्ति पनि आफ्नो पार्टी सक्काउने र प्रहार गर्ने गरी आइरहेको बताए । ‘यो पार्टीसँग उसको संलग्नको कुरा गर्ने हो भने त्यहाँका नेताहरूको अभिव्यक्तिबाटै थाहा हुन्छ, यो पार्टी कसरी सक्काउने, कसरी प्रहार गर्ने भन्ने उनीहरूले भनिरहेको हामीले बुझिरहेका छौं । यो पार्टीलाई बलियो बनाउनका लागि आजको घटनाले निकै राम्रो भूमिका खेल्ने छ,’ अध्यक्ष नेपालले भने । आफ्नो पार्टीको शक्तिका कारण राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेको उनले जिकिर गरे । ‘विचार सिद्धान्त मिलेको खण्डमा अरु कुरा पनि मिलेको खण्डमा त्यस्ता त्यस्ता समूहसँग मिलेर पनि अघि जानसक्छौं,’ अध्यक्ष नेपालले भने, ‘हामी त्यसलाई पहिलो महत्व दिँदैनौं । पहिलो महत्व आफ्नो पार्टी एक बनाउन लाग्छौं ।

आफ्नो पार्टी बलियो भयो भने मात्रै अरुसँगको एकता सार्थक र अर्थपूर्ण हुन्छ । हाम्रो पार्टीको शक्तिको कारणले पनि राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सकेका छौं ।’ उनले कसैप्रति पनि आग्रह नपालिकन काम गर्नुपर्ने बेला आएको बताए । नेता कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै उनले जिम्मेवारी पूरा गर्नेगरी ध्यान दिन आग्रह गरे । ‘चैत १५ गते हामीले तत्कालीन समयमा राजतन्त्रबारे जनतामा भ्रम सिर्जना गर्न खोजेका थिए । त्यसलाई चुनौती दिँदै हामीले सभा आयोजना गरेका थियौं । त्यसले सन्देश दिएको थियो । त्यतिबेलाका राजावादीले आयोजना गरेको भन्दा कयौं गुणा ठूलो कार्यक्रम थियो,’ अध्यक्ष नेपालले भने, ‘मन खिन्न गर्नुपर्ने कुनै आवश्यकता छैन । निराश हुनुपर्ने कुनै आवश्यकता छैन । बामदेव कमरेड पनि एकताबद्ध भएपछि यो शक्ति ठूलो हुन्छ नै । वृद्धि हुन्छ नै । नयाँ ऊर्जा बढाउनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ ।  पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
आफ्नै बुबाको ह*त्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ
आफ्नै बुबाको ह*त्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडामा स्वयंसेवक परिचालन
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण, निशानामा कुन कुन परे ?
युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण, निशानामा कुन कुन परे ?
आज घर घरमा फूलपाती भित्र्याइँदै
आज घर घरमा फूलपाती भित्र्याइँदै
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने
मधेस प्रदेश सरकारले प्रशासनिक भवन बनाउँदै, ‘जनक दरबार’ नामकरण गरिने