सर्लाहीमा तस्करसँग लेनदेन गरेको अडियो सार्वजनिक भएपछि सई निलम्बन
२ साउन, सर्लाही ।
सर्लाहीको हिरापुर इलाका प्रहरी कार्यालयमा कार्यरत सहायक निरीक्षक (सई) बैधनाथ दास निलम्बनमा परेका छन्। तस्करसँगको लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई सेवाबाट निलम्बन गरिएको हो। अडियोमा दास र तस्करीमा संलग्न व्यक्तिबीच पैसाको कुरा भएको खुलेको छ।
अडियो बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे आन्तरिक छानबिन सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुखका अनुसार, प्रारम्भिक तथ्यका आधारमा दासलाई निलम्बन गरी थप अनुसन्धान अगाडि बढाइएको छ। उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रियासमेत अघि बढाइने प्रहरीले जनाएको छ।
सर्लाही सीमावर्ती जिल्ला भएकाले तस्करीका गतिविधि रोकथामका लागि प्रहरीले कडाइ गरिरहेको बताइए पनि प्रहरी स्वयं तस्करीमा संलग्न भएको आरोपले प्रहरीको छविमा प्रश्न उठाएको छ।
Related posts:
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संसद्मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
Post Comment