कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह घुससहित रंगेहात पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३२, २०८२
|
|
२४ पटक हेरिएको
Shares
कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह घुससहित रंगेहात पक्राउ

सारांश

  • सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रंगेहात पक्राउ गरेको छ।
  • बुधबार एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।
  • अख्तियारका अनुसार मेयर साहले नगरपालिकामा सञ्चालित २० लाख रुपैयाँको नालासम्बन्धी योजनामा उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन माग गरेका थिए।

३२ असार, सिरहा ।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साहलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रंगेहात पक्राउ गरेको छ। बुधबार एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

अख्तियारका अनुसार मेयर साहले नगरपालिकामा सञ्चालित २० लाख रुपैयाँको नालासम्बन्धी योजनामा उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन माग गरेका थिए। समितिले सो माग पूरा गर्न नसक्ने बताएपछि साहले योजनाको चेक रोकेका थिए। करिब एक साता चलिरहेको बार्गेनिङपछि उनले चेक भुक्तानीअघि एक लाख रुपैयाँ र बाँकी रकम पछि दिने सर्त प्रस्ताव गरेका थिए।

उक्त घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। अहिले अख्तियार टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रही मुचुल्का तयार पार्ने र कानुनी प्रक्रिया अगाडि बढाउने कार्यमा जुटेको छ। अख्तियार बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?