Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिन्छ: प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरूपयोग हुने गरेको पाइएको भन्दै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने बताएका छन्।
  • निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई उनले आग्रह गरेका छन्।
  • प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।

३० असार, काठमाडौं ।

प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरूपयोग हुने गरेको पाइएको भन्दै औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने बताएका छन्। निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई उनले आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए। ‘मानिसहरू बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन्। अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ। त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरूको दायित्व हो। नर्सहरूको हातमा जादु हुन्छ। बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन्।

ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने  र स्याहार सुसार गर्ने काम नर्सहरूको हो,’ उनले भने। कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी  र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई सम्मान गरेका थिए। अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा सदस्यसहित पाँच जना पक्राउ
वडा सदस्यसहित पाँच जना पक्राउ
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
डेपुटी गभर्नरलाई किन गभर्नर नबनाएको ? अमरेश कुमार सिंह
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
मौलापुरका मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश
मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने
मधेश प्रदेशमा तीन दलीय गठबन्धन कायम रहने
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
सिरहामा खुकुरी प्रहार गरी आफ्नै भाइले गरे दाइको ह*त्या
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति
सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो
धादिङको झ्याप्ले खोलामा पुरिएका थप १३ जनाको शव भेटियो
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी