सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा

२६ असार, सर्लाही।
सर्लाहीको कविलासी नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। वडा नं. ८ स्थित अगर्वामा स्थापना गरिएको केन्द्रको उद्घाटन नगरप्रमुख ब्रह्मदेव राय र उपमेयर पुनम कर्णले संयुक्त रूपमा गरे। नेपाल नेत्रज्योति संघ अन्तर्गतको हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र कविलासी नगरपालिकाको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याइएको हो।

केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आँखासम्बन्धी उपचारका लागि नगर बाहिर जानुपर्ने बाध्यता हटेको छ। उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का, सशस्त्र प्रहरी गणका प्रमुख एसपी देव बहादुर चन्द, भरतपुर आँखा अस्पतालका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment