३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ २५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
३३ करोडभन्दा बढी झ्वाम पार्ने एमडी संगीता पहाडीलाई २ लाख धरौटीमा रिहा

सारांश

  • ३३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार आरोप लागेको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीलाई विशेष अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
  • विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो ।
  • अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार थुनछेक बहसपछि पहाडीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने निर्णय गरिएको हो ।

२५ असार, काठमाडौं ।

३३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार आरोप लागेको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीलाई विशेष अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार थुनछेक बहसपछि पहाडीलाई पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने निर्णय गरिएको हो ।

नेपाल टेलिकमको बिलिङ प्रणाली सुधार गर्ने काममा ठेक्का प्रक्रियामा अनियमितता र मूल्यको कृत्रिम बढोत्तरी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २८ गते पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारका अनुसार उक्त प्रकरणमा नेपाल टेलिकमलाई झण्डै ३३ करोड ४८ लाख रुपैयाँ बराबरको वित्तीय नोक्सानी पुगेको छ । यस मुद्दामा नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसमेत प्रतिवादी रहेका छन् । सम्बन्धित ठेक्का सन् २०११ (२०६८ पुस ६) मा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसिया लिंकेज टेक्नोलोजिज इन्कबीच भएको सम्झौताअन्तर्गत भएको हो ।

सम्झौताको उद्देश्य टेलिकमको विद्युतीय बिलिङ प्रणालीलाई एकीकृत प्लेटफर्ममा रूपान्तरण गर्दै वास्तविक समयमै शुल्क गणना र अपडेट गर्न मिल्ने प्रणाली विकास गर्ने थियो । तर, अख्तियारले सो सम्झौता बदनियतपूर्वक गराइएको, प्रक्रियागत त्रुटि भएको र मूल्य अस्वाभाविक रूपमा निर्धारण गरिएको भन्दै भ्रष्टाचारको आरोप लगाएको छ । पाँच वर्षका लागि गरिएको उक्त सम्झौतामा हालसम्म ९ करोड ८८ लाख रुपैयाँ भुक्तान भइसकेको छ भने बाँकी २३ करोड ५९ लाख रुपैयाँको दायित्व नेपाल टेलिकममा सिर्जना भएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुवै सदनका बैठक बस्दै, विधेयकमाथि छलफल हुने
दुवै सदनका बैठक बस्दै, विधेयकमाथि छलफल हुने
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
तीन सीडीओको सरुवा, को कहाँ ?
तीन सीडीओको सरुवा, को कहाँ ?
जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर
जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
२१ केजी चरेस सहित तीन जना प्रहरी नियन्त्रणमा
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न कांग्रेसको माग