११ चैत्र २०८२, बुधबार

हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि

२४ असार, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्य प्रगति सार्वजनिक गरेका छन् ।  मंगलबार उनले आफ्नो सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी गराए ।

उनले भने,‘प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गरी) तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट कि.मि. र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमिको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको छ ।’ उनले कोशी कोरिडोर अन्तर्गत ढुङ्गेसाघु बसन्तपुर दोस्रो सर्किट निर्माण सम्पन्न गरी चार्ज गरिएको बताउँदै भने,‘प्रसारण लाइन निर्माणमा देखिएको जग्गा प्राप्तिको समस्या समाधानका लागि जग्गाको कित्ताकाट गर्ने प्रावधान गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।’ उनका अनुसार प्राधिकरणले मागेको १० अर्ब रुपैयाँको ऋणको लागि सरकारको स्वीकृति समेत आइसकेको छ ।

१० अर्बको अल्पकालीन ऋणको लागि ऊर्जा मन्त्रालयबाट सहमति प्राप्त भएकोले अब उक्त ऋण लिएर नगद अभावलाई पूर्ति गर्ने काम हुन्छ,’ उनले भने ।
उनले मार्गाधिकार भित्रको जग्गामा सोलार विद्युत् तथा अन्य सामूहिक खेती प्रणाली विकासको अवधारणा अघि बढाएको पनि जानकारी दिए । उनले भने,‘मार्गाधिका भित्र परेको जग्गामा सोलार जडान गरी उत्पादित विद्युत् प्राधिकरणले खरिद गर्ने गरी अगाडी बढाइएको कार्यक्रम अन्तर्गत खिम्ती प्रसारण लाइनको मार्गाधिकार भित्र तामाकोशी गाउँपालिका ५ शहरे गाउँका स्थानीयसँग समन्वय गरी करिब १ मेगावाट सोलार आयोजनाको पीपीए प्रक्रिया अगाडी बढाइएको छ ।’

काठमाडौं उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरूमा जडान भएका फिडरहरूको सञ्चालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र मार्फत २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्देशक शाक्यले बताए।

Post Comment

छुटाउनुभयो कि ?