रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
२४ असार, काठमाडौँ ।
रसुवामा लगातारको वर्षापछि आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्तिहरूमा २ जना नेपाल प्रहरीका जवान रहेका छन् भने बाँकी ७ जना स्थानीय बासिन्दा हुन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले समयमै सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। गएराति भोटेकोशीमा भीषण बाढी आउँदा अवस्था प्रतिकूल बनेको हो ।
Related posts:
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment