राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
४० पटक हेरिएको
Shares
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

सारांश

  •   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै छन्।
  • नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्।
  • मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए।

२२ असार, काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै छन्। नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए।  उनले भने, ‘संसदीय दलको निर्णयअनुसार हाम्रो पार्टी प्रतिपक्षमा बस्ने हिजै निर्णय भइसकेको छ।

म अहिले भैँसेपाटीमै छु। संसदीय दलको नेताले निर्देशन अनुसार आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदैछु।’ हिजो बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ (चौधरी) को अध्यक्षतामा बसेको दलको बैठक प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने भएको हो। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ : मन्त्री पोखरेल 
उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत सुधारको काम भइरहेको छ : मन्त्री पोखरेल 
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री
लोकतान्त्रिक मूल्यमान्यता संरक्षण र नीतिगत स्थिरताका लागि प्रतिबद्ध छौं : प्रधानमन्त्री
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट