जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२० असार, काठमाडौं ।
काठमाडौंको मिलनचोकबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुतसहित ९ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका- ३१ मिलनचोकबाट पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment