इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२४ पटक हेरिएको
Shares
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी

सारांश

  •   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्ने प्रयास गरेमा फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् ।
  • ट्रम्पको यो चेतावनी यस्तो समयमा आएको छ, जब केही मिडिया रिपोर्टहरूले अमेरिकी आक्रमणमा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको दाबी गरिरहेका छन् ।
  • यद्यपि, ट्रम्पले यी रिपोर्टहरूलाई ‘फेक’ भनेका छन् ।

११ असार, काठमाडौं । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्ने प्रयास गरेमा फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् । ट्रम्पको यो चेतावनी यस्तो समयमा आएको छ, जब केही मिडिया रिपोर्टहरूले अमेरिकी आक्रमणमा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको दाबी गरिरहेका छन् । यद्यपि, ट्रम्पले यी रिपोर्टहरूलाई ‘फेक’ भनेका छन् ।

अमेरिकी रक्षा गुप्तचर एजेन्सीले आफ्नो रिपोर्टमा अमेरिकी हवाई आक्रमणमा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको उल्लेख गरेको रिपोर्ट बाहिर आएपछि नयाँ बहस शुरु भएको छ । खासगरी अमेरिकी मिडियाहरु सिएनएन र न्यूयोर्क टाइम्सले यी रिपोर्ट बाहिर ल्याएपछि अमेरिकी राजनीति तरंगित बनेको छ । तर राष्ट्रपति ट्रम्पले यी रिपोर्टहरूलाई ‘फेक’ भनेर खण्डन गरेका छन् । ट्रम्पले केहि मिडिया रिपोर्टहरूले सैन्य इतिहासको सबैभन्दा सफल अभियानलाई बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाउदै इरानको आणविक केन्द्रहरू पूर्ण रूपमा नष्ट भएको दाबी गरेका छन् । ह्वाइट हाउसले पनि रिपोर्टहरूलाई ‘फेक’ भनेको छ र यो राष्ट्रपति ट्रम्पलाई बदनाम गर्ने षड्यन्त्र भएको दाबी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
थाइल्यान्ड आइपुगे प्रधानमन्त्री ओली
थाइल्यान्ड आइपुगे प्रधानमन्त्री ओली
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
भारत र पाकिस्तानबीचको तनावका कारण आईपीएल २०२५ स्थगित
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी
मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
मानव तस्करीमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल
सरकारले परिणाम आउने गरी काम गर्न सकेनः माधव नेपाल