धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
९ असार, धनगढी ।
धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ । धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा फेला परेको थियो । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी हुन् ।
कोठा भाडामा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए । बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment