काम खोज्दै ११ महिनामा विदेशिए ७ लाख ६० हजार युवा
८ असार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कामको खोजीमा ७ लाख ६० हजार ३ सय ९१ युवा विदेशिएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठमा मात्र ७४ हजार ४ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । यस अनुसार हरेक महिना औसत ६९ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।
तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै यूएईमा युवाले श्रम स्वीकृति लिएका छन् । यसबाहेक साउदी अरब, कतार, मलेसिया सहित गन्तव्यमा धेरै युवाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । विभागका अनुसार जेठमा मात्र यूएईमा २४ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । साउदीमा ११ हजार ९ सय ६१ र कतारमा ११ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment