१४ असार २०८२, शनिबार

कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ

८ असार, काठमाडौं।

कर्तव्य ज्यान मुद्दाका दोषी २१ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका–९ घर भएका ६२ वर्षीय दुर्गाबहादुर तामाङ छन् । उनलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट संखुवासभाले चैनपुर खाम्लिङबाट शनिबार पक्राउ गरेको हो ।

२२ चैत २०६१ मा भोजपुरको जरायोटार–४ बस्ने ३६ वर्षीय पर्शुराम विक हत्यामा उनी जोडिएको बताइएको छ । उच्च अदालत (तत्कालीन पुनरावेदन) धनकुटाले १७ असार २०६९ मा उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई अदालतमार्फत फैसला कार्यान्वयनका लागि संखुवासभा कारागार चलान गरिएको संखुवासभा प्रहरीका प्रवक्ता इन्स्पेक्टर रामकुमार लामिछानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment