१६ असार २०८२, सोमबार

बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण

८ असार, काठमाडौं ।

काठमाडौँको नागर्जुन नगरपालिका वडा नम्बर ३, बाफलस्थित एक गोदाममा गएराति विद्युत सर्ट भई आगलागी भएको छ। राजेन्द्र उदासले सञ्चालन गरेको स्टिकर तथा मेडल भण्डारण गरिएको गोदाममा राति करिब ३:२० बजे अचानक आगलागी भएको हो।घटनास्थलमा बालाजु दमकल, जुद्ध बारुण यन्त्र, न्युरोड दमकलका टोली, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नम्बर १८

निलबाराही गणबाट खटिएको ३५ जना सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याएको छ। प्रायः ज्वलनशील वस्तुहरू भएको गोदाममा आगो फैलन नदिनको लागि सुरक्षाकर्मीहरूले जोखिम मोलेर काम गरेका थिए। झण्डै डेढ घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको जनाइएको छ। आगलागीबाट भएको क्षतिको विवरण यकिन भइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment